Wednesday, January 26, 2022

के क्यान्सर रोग लाग्दैमा मान्छेको मृत्यु निश्चित छ?


 

के क्यान्सर रोग लाग्दैमा मान्छेको मृत्यु निश्चित छ ? 

-      छैन, क्यान्सर रोग लागेका  बिरामीहरु पनि पूर्ण निको हुन सक्छन  यसका लागि बिरामीमा रोगको निदान अर्थात्  diagnosis छिटो  भन्दा छिटो गर्न जरुरी हुन्छ 

 मानीषको  शरीर -साना कोषहरु मिलेर बनेको हुन्छ  जब तेस्ता कोषहरुको विभाजन अनियन्त्रित तरिकाले हुन जान्छ वा कोषिकाहरुलाई नियन्त्रण गर्ने क्षमत हाम्रो शरीरमा कम हुदै गएको अवस्थामा  ट्युमर (Tumor)   देखा पर्न सक्दछ ट्युमर पनि दुइ प्रकारको हुने गर्दछ 

-  Benign Tumor 

- Malignant  Tumor 

 Benign Tumor को जोखिम शरीरमा कम हुने गर्दछ भने malignant  Tumor शरीरको विभिन्न कोषिकाहरुमा असामान्य  तरिकाले फैलिएर शरीरलाई हानी पुराउने सम्भावाना धेरै हुन्छ  त्यस्ता malignant Tumor हरुलाई क्यान्सर रोग भनिन्छ 


 मनिषमा के भ्रम भने क्यान्सर रोग लाग्ने बितिकै त्यो मनिषको मिर्त्यु हुन्छ भन्ने   त्यो गलत हो , क्यान्सर देखिएका मनिषहरुमा पनि  पहिलो चरणको क्यान्सर हुदा रोगको निदान गर्न सके १०० % निको पार्न सकिन्छ  आउनुहोस ! क्यान्सरका चरणहरुको बारेमा पनि जानी राखौ 

क्यान्सरका चरणहरु : (stages of Cancers )

. पहिलो चरण (first stage)

. दोश्रो चरण (second stage)

. तेश्रो चरण (Third Stage)

. चौथो चरण (fourth Stage)

 

पहिलो चरणमै क्यान्सर रोग पत्ता लग्यो भने बिरामीलाई शत प्रतिशत निको पार्न सकिन्छ  त्यसै गरि दोश्रो चरणमा पत्ता लागेका बिरामीहरुलाई पनि निको पार्न सकिन्छ तर यो चरण बिरामीहरुका लागि धेरै नै खर्चिलो उपचार गराउने समय पनि लामो हुने गर्छ  त्यस्तै गरी तेश्रो चरणका बिरामीहरुलाई रोगबाट निको पार्न नसक्ने भएनी उनीहरुको जीवनकाल केहि समयका लागि बढाउन सकिन्छ  बिरामीको मृत्यु चौथो चरणमा  निश्चित नै हुन्छ  कोहि कोहि भने राम्रो हेर-सुसार पाए र  बिरामीको आत्माबल बोलियो रहेको खण्डमा बिरामी केहि समयका लागि बढी समय  बाच्न सक्दछन   चौथो चरणमा रहेका बिरामीहरुलाई रोगका कारण उत्पन्न हुने अन्य समस्याको  ब्यबस्थापन गर्न  सकिन्छ   समस्याहरुलाई ब्यबस्थापन गर्ने सेवालाई प्रशामक सेवा भनिन्छ 

 

क्यान्सर रोगका केहि लक्षणहरु :

 - लामो समय सम्म जरो आउनु

-निको नहुने खोकी अथवा धोक्रे शोर हुनु

- निको नहुने घाउ देखिनु

- अत्यधिक  रक्तस्राब वा  पिप आउनु

-अत्यधिक तौल घट्नु 

- दिशा कब्जियत हुनु अथवा पटक पटक दिशा आउनु

-अपच अथवा निल्न गारो हुनु

- कोठी अथवा मासुका डल्लाहरु देखिनु परिवतन  हुनु  आदि

 

 

क्यान्सरको उपचार विधिहरू:

. केमोथेरापी (Chemotherapy)

. रेडीयसनथेरापी (Radiotherapy)

. सर्जरी (Surgery)

. हर्मोनलथेरापी (Hormonal therapy)

. इम्युनोथेरापी (Immunotherapy)

 

केमोथेरापी भन्नाले क्यान्सरका कोष तथा कोषिकाहरुलाई मार्न वा कम गर्नलाई प्रयोग गर्ने औषधि बुझिन्छ  यस्ता औषधिहरु रगत तथा मुखबाट दिन मिल्दछ । त्यसै गरी  रेडियोथेरापीलाई सेकाइ पनि भन्ने गरिन्छ  क्यान्सर लागेको भागमा वा त्यस अंग वरिपरिका भागहरुमा विकिरण पद्दति बाट  सेकी उपचार गरिन्छ  सर्जरी भन्नाले क्यान्सर लागेको भाग आथव अंगलाई काटेर फाल्ने बिधि बुझिन्छ  यो बिधि सरल र अरु भन्दा भरपर्दो बिधि मानिन्छ  कुनै कुनै क्यान्सरहरु शल्यक्रिया पछि अन्य उपचार गर्नु पर्दैन   त्यसरीनै  विभिन्न हर्मोनको प्रयोग गरेर उपचार गर्ने विधिलाई हर्मोनलथेरापी भनिन्छ   यस्ता नयाँ प्रकारका औषधिहरु केमोथेरापी  भन्दा छिटो काम  गर्ने र औषधिको side effect हरु पनि कम देखिने खालका हुन्छन   त्यस्तै गरी इम्युनोथेरापी भन्नाले क्यान्सर रोक्ने क्षमतालाई बाढाउने  विधिका रुपमा बुझ्न सकिन्छ  थप जानकारी तथा क्यान्सर सम्बन्धि शंका लागेमा तुरुन्त  डाक्टर तथा क्यान्सर रोग परामर्शदाताहरुसंग चेक जांच अनि सल्लाह लिनु पर्दछ l

 


धन्यवाद 

बिजय राज चापागाईं

फर्मेशी आधिकृत,स्वास्थ्य सेवा बिभाग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय