नेपालका १० शिर्ष उदयमान औषधि कम्पनीहरु l
औषधि कम्पनीहरूले नेपालको स्वास्थ्य सेवामा महत्त्वपूर्ण भूमिका खेल्दछन l स्वदेशी औषधी कम्पनीहरुको स्थापना र संचालनले जना-स्वास्थ्य र देशको अर्थतन्त्र दुवैलाई महत्त्वपूर्ण टेवा पुग्दछ । देशको चुनौतीपूर्ण भूगोल र सीमित चिकित्सा पूर्वाधारलाई ध्यानमा राख्दै, यी कम्पनीहरू औषधिहरूको उपलब्धता र पहुँचलाई सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् । यस्ता औषधी कम्पनीहरुले आवश्यक औषधिहरू उत्पादन र वितरण गरेर स्थानीय स्वास्थ्य आवश्यकताहरू सम्बोधन गर्न मद्दत गर्दै आएका छन् l हाम्रो जस्तो कम बिकसित देशमा यस्ता स्वदेशी औषधी कम्पनीहरुले किफायेती मुल्यमा गुणस्तरय औषधि उपलब्ध गराउनु देशवासीहरुको लागि महत्त्वपूर्णको बिषय मान्नु पर्दछ l यसबाहेक, औषधि कम्पनीहरूले रोजगारी सिर्जना गरेर र चिकित्सा अनुसन्धान र विकासमा प्रगतिलाई बढावा दिएर स्थानीय अर्थव्यवस्थामा पनि ठुलो योगदान पुर्याएका छन् । तिनीहरूको उपस्थितिले देशको स्वास्थ्य सेवा प्रणालीलाई मात्र सुध्रिण गर्दैनकी यसले नेपाली नागरिकको स्वास्थ्य स्तरको प्रगतिलाई पनि अगाडि बढाउँदछ, अन्ततः नेपाली नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउँन ठुलो भूमिका खेलेको हुन्छ l
यहाँ औषधी कम्पनिहरुको महत्वलाई हाइलाइट गर्ने केही मुख्य बुँदाहरू यसप्रकारको रहेका छन्:
- सम्पूर्ण नागरिकमा स्वास्थ्य सेवाको पहुँच हुन्छ l
- देशलाई आर्थिक योगदान हुन्छ l
- स्थानीय उत्पादन बढ्छ l
- सार्वजनिक स्वास्थ्यमा राम्रो प्रभाव पर्छ l
नेपाली बजारमा उपलब्ध हुने औषधीहरु नेपालमा उत्पादन भएका मात्र नभएर विदेशबाट पनि आयात गरिएको छ l नेपालको राष्ट्रिय औषधि नीति १९९५ मा निजि तथा सरकारी स्वदेशी औषधि उत्पादनलाई प्राथमिकता दिने र ८०% बजार स्वदेशी बनाउने भनिएता पनि हालको अवस्था त्यस्ता हुनसकेको छैन l नेपालको औषधी बजार ५५% स्वदेशी उत्पादनले ओगटे पनि ४५% औषधी बजार बिदेशी उत्पादित औषधीको रहेको छ l विदेशी उत्पादित औषधिहरु छिमेकी राष्ट्र भारत, चीन, बंगलादेश, बेलायत, अमेरिका लगायत विभिन्न देशबाट आयात हुने गरेको छ l यस्ता औषधी कम्पनीहरुले उत्पादन गरेको औषधिहरु आयात गर्दा गुणस्तरका छन् छैनन् भनेर प्रमाणीकरण गर्ने काम नेपाल सरकारको जिम्मेवार निकाय औषधि व्यवस्था विभागले गर्ने गरेको छ l आउनुहोस जानी राखौ नेपाली बजारमा उदयमान रहेका स्वदेशी औषधि उत्पादन कम्पनिहरु र त्यस कम्पनीका धेरै मात्रामा बिक्रि हुने प्रडक्ट कुन कुन हुन तल उल्लेख गरिएको छ l
१. National Healthcare Private Limited:
यो कम्पनि WHO-GMP प्रमाणित अग्रणी औषधि कम्पनी मध्ये एक हो l यस कम्पनीका १०+ डिभिजनहरू सञ्चालनमा रहेका छन् । नवीनतम प्रविधिहरुसंग उपभोक्ता अनुभव सुधारमा ध्यान केन्द्रित र गुणस्तर नियन्त्रणमा प्रयास राखेर आम नागरिकलाई सेवा दिदै आएको छ l
यस कम्पनीका प्रमुख उत्पादनहरू- बिक्रा-बीएम सिरप, क्यामलो-एल ट्याब्लेट , फ्लुपेन क्यापसुल, नेमोक्स क्यापसुल , एट्रोटिन ट्याबलेट, रोसुटाब ट्याबलेट आदि प्रमुख उत्पादनहरू हुन्। बिक्रा बीएम सिरप यस कम्पनीको अग्रणी उत्पादन हो।
२. Quest Pharmaceutical Private Limited:
यो कम्पनी डब्लुएचओ जीएमपी प्रमाणित अग्रणी फार्मास्युटिकल कम्पनी हो l यो कम्पनि पनि नेपालको सबैभन्दा भरपर्दो फार्माको रूपमा मान्यता प्राप्त छ। नेपालमा लाखौंको स्वास्थ्य सुधार गर्न मद्दतको लागि सामान्य र विशेष खाले औषधिहरूको व्यापक दायरा बढाएर उत्पादन गर्दै आएको छ । यस कम्पनीका प्रमुख उत्पादनहरू- Siptim M 1000 , Siptim M 500, Siptim M 850, Lintor M 500, Lintor M 850, Lintor M 1000, Lintor 5, Mylod-L, Rovastin 10 Rovastin20, Tablet frusal, Syrup Amilax, Telsartan, Metfor 500, Metfor850 Metfor 1000, Metfor G1, Metfor G2, Metfor G1 forte, Metfor G2 fort, Mylod 5 mg, Resert 25, Resert50, Resert-H, Cloderm cream आदि
हुन् l
३. Nepal pharmaceutical Private Limited:
नेपालको औषधि उद्योगमा ३६ वर्षभन्दा लामो समयदेखि अग्रणी नाम रहेको कम्पनि NPL हो l नेपाली बजारमा पहिलो पटक कार्डियोभास्कुलर, एन्टि-डायबेटिक, साइकोट्रोपिक र भेटेरिनरी औषधि उत्पादन गर्दै आएको कम्पनि हो l यस कम्पनी काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेर Bioavailability र Bioequivalence सम्बन्धि अध्ययन सञ्चालन गर्ने पहिलो कम्पनी हो ।
यस कम्पनीका प्रमुख उत्पादनहरू Amlod 5mg, Amlod-L, Losap 25, Losap50, Losap H, Telmi-H, Telmi 40, Sitamet SR 850, Sitamet SR 500, Empact 10, Empact 25, Amlod LH, Amlod 10, Clonaz 0.5, Clonaz 0.25, formin 500, Formin 850, Amx, Tablet ctz, Vital Syrup, Tablet Brucet, Tablet Azith आदि हुन् l
४. Arya Pharmaceutical Private Limited:
यस कम्पनी पनि WHO-GMP प्रमाणित अग्रणी औषधि कम्पनी हो। यस कम्पनि अनुभवी र ऊर्जावान व्यक्तिहरूद्वारा स्थापित हो । यस कम्पनीले मानव र भेटेरिनरी प्रयोगका लागि औषधि उत्पादन गर्छ र यसको उत्पादनहरू नेपालभर र अन्य दक्षिण एसियाली देशहरूमा पनि वितरण हुन्छ।
यस कम्पनीका मुख्य उत्पादनहरू - Panta fast, Pantafast DSR, Argel syrup, Lysomin syrup आदि हुन् । कम्पनीमा स्पार्कल, इन्भिजन, बेसिक र भेट गरी चारवटा डिभिजन छन् l
५. Deurali Janta Pharmaceutical Private Limited:
DJPL कम्पनी पनि डब्ल्यूएचओ जीएमपी प्रमाणित अग्रणी फार्मास्युटिकल कम्पनी हो l यस कम्पनी १९९१ मा स्थापित फार्मास्यूटिकल उत्पादनहरूको अग्रणी निर्माता हो। यस उत्पादन कम्पनीले एन्टिडायबेटिक, एन्टिहाइपरटेन्सिभ, एन्टिबायोटिक्स, र अन्य आवश्यक औषधिहरू सहित प्रणालीगत र समसामयिक औषधि उत्पादन गर्दै आएको छ l यस कम्पनीका मुख्य उत्पादनहरू- Fortiplex Capsule, calvit Tablet, Sitaglip M1050 Tablet, Vasodryl syrup आदि रहेका छन् l
६. Asian Pharmaceutical Private Limited:
Asian Pharma कम्पनि पनि WHO GMP प्रमाणित अग्रणी औषधि कम्पनी हो । यो कम्पनीले पनि उच्च गुणस्तरको उत्पादनमा जोड दिदै आएको छ l औषधि उत्पादन गर्न नवीनतम प्रविधि प्रयोग गर्दै आएको छ । यस फर्मा कम्पनीको मुख्य उत्पादनहरु Tablet Pantop, Tablet Nims, Taplet Etapram, Delta gel, Tablet Duloxit आदि रहेका छन् l
७. Lomus Pharmaceutical Private Limited:
यस WHO GMP प्रमाणित अग्रणी औषधि कम्पनीले मधुमेह, हृदय रोग, गठिया, मृगौला रोग लगायत बिभन्न रोग सम्बन्धिका औषधिहरु उत्पादन गर्दै आएको छ l यस फर्मा कम्पनीका मुख्य उत्पादनहरू - Asvit, Mufor cream, Pepsa tablet, femitron tablet, Laculax Syrup आदि रहेका छन् l
८. Times Pharmaceutical Private Limited:
यस WHO GMP प्रमाणित फार्मास्युटिकल कम्पनीको स्थापना १९९५ मा भएको हो र यस फर्मा कम्पनीले राष्ट्रिय अर्थतन्त्रलाई समर्थन गर्ने दृष्टिकोणको साथ प्रमुख उत्पादनहरू यस प्रकारका रहेका छन -sinex Tablet, Sinex Syrup, Tablet Sita-M 1000 , Tablet Liplow 10, Tablet Liplow 20 आदि रहेका छन् l
९. Vega Pharmaceutical Private Limited:
यस WHO GMP प्रमाणित औषधि कम्पनी २०६५ देखि स्थापना भएको र नयाँ थेराप्युटिक्स क्षेत्रमा नविनतम औषधि विस्तार मार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ र यस कम्पनीका प्रमुख उत्पादनहरू Tablet Amfast-L, Tablet Myoxin 0.25, Tablet Myoxin 0.125, Tablet Pansafe-D, Tablet Amfast 5mg आदि रहेका छन् l
१०. Magnus Pharmaceutical Private Limited:
यस कम्पनि पनि डब्ल्यूएचओ जीएमपी प्रमाणित अग्रणी फार्मास्युटिकल कम्पनी हो l नविनतम र रचनात्मकता मार्फत स्वास्थ्य सेवाको क्षेत्रमा परिवर्तनहरू प्रेरित गर्न भिजनको साथ यस फार्मास्यूटिकल कम्पनीको स्थापना भएको छ र यस कम्पनिका मुख्य उत्पादनहरु Dulot 20, Dulot 30, Dulot 60, Petor 40, Levetam SR 500,Levetam SR750, Levetam SR 1000, Tablet Elopram 10mg, Dopezil 5, Dopezil 10 आधि रहेका छन् l
लेखक-विजय राज चापागाईं (नोट: माथि उल्लेखित फर्मा कम्पनीका मुख्य उत्पादनहरु सम्बन्धमा क्षेत्रपाटीमा कार्यरत अनुभबी फर्मसिस्ट संग गरिएको अन्तरबार्ताबाट आएको तथ्यांक हुनाले १००% (सत् प्रतिसत) मिल्न नगएमा क्षमचना ब्यक्त गर्दछु l )