Tuesday, March 19, 2024

जीवनको संघर्षमा खुसी हुन सक्नु भनेको नै जीवन सफल हुनु हो l -विजय राज चापागाई

 जीवनको संघर्षमा खुसी हुन सक्नु भनेको नै जीवन सफल हुनु हो  l 




आज फेरी म माथिको आकाशले मलाई चेपेको छ l  म न मेरो परिवाको प्यारो हुन सके न त मेरा आफन्त साथीभाईको l  अरुको कु-भलो कहिले नाचिताउने म सधै मलाई अरुले किन नराम्रो गरेको अनुभूति हुन्छ l आखिर म पनि त एउटा मान्छे नै हु l  मेरो पनि आफ्नै इछ्या चाहना हुन्छन l म किन सधै आफ्नै परिवारबाट पनि अपहेलित हुने गरेको छु l कसैको राम्रो होस् भनेर गरेका कार्यहरु पनि किन मैले गरेपछि बिग्रे जस्तो लाग्छ l मेरो आफ्नो इछ्या पनि हुन्छ नि l  मेरो इछ्या अनुरुप किन म मेरो जीवन अगाडी बढाउँन सकिराखेको छैन l न राम्रो संग आफ्नो पढाई अगाडी बढाऊन सकेको छु l किन आज समाजमा अरु संग घुलमेल हुन भन्दा पनि एकान्त प्यारो लग्न थालेको छ l घरमा पाउना आउदा  पनि गएर बोल्न भन्दा चुकुल लगाएर एक्लै बस्न मन पराउछु l  के भएको होला मलाई ?   


कतै हजुरहरुको मनमा कयौ पटक यस्तो कुराहरु खेली राखेको त छैन l 

तपाइले एउटा कुरा के याद राख्नुस भने जीवन त केवल गन्तव्य बिनाको संघर्षको यात्रा हो l  जीवनमा संघर्ष छ त जीवन छ l  जीवनमा आफु खुसी हुने कि दुखी त्यो तपाइको समाज,साथीभाई, परिवार भन्दा पनि आफूमा आत्मानिर्भर गर्छ l तपाइको जीवन कस्तो हुने, तपाइको इछ्या के हुनु पर्छ के पर्दैन भन्ने जस्ता कुराहरु समाजको मुल्यांकनमा भन्दा पनि आफ्नो भित्रि मनले सोचेर निर्णय लिनु आवश्यक हुन्छ l  बाहिरी जीवन त केवल भ्रम हो l  तपाई जस्तो समाजमा अथवा सोचमा बस्नु हुन्छ तपाईको जीवन त्यस्तै हुन्छ l  तपाई किन मोरेको मान्छे जलाएको ठाउँमा गएको बेला निरास हुनुहुन्छ  ? सोच्नुहोस् त !  तपाई किन मनोरंजन कार्यक्रममा सहभागी हुदा खुसी अनुभूति गर्नु हुन्छ l  तपाइले  तपाइको ब्रेनलाई  जे फिल गराऊनु हुन्छ तपाइको ब्रेनले त्यही सम्बन्धी तत्तो निकाल्छ र तपाइलाई त्यस्तै किसिमको अनुभूति महसुस गराउछ l  

एकपल्ट आफु नजिकै रहको ऐना हेरेर  हास्नु होस् त ! तपाइलाई  पक्कै पनि खुसी महसुस हुनेछ l  त्यसैले हजुरले पाउनु भएको एक पल्टको जुनीमा खुसी हुन प्रयत्न गर्नुस l कसैको कुभलो नचिताउनुस l सधै आफ्नो वातावरण अनुकुल अनुसासनको पालना गर्नुहोस्  l  गलतलाई  गलत र सहीलाई  सही भन्न सक्ने क्षेमता अभिवृदी गर्नुहोस् l



 जीवनको मूल मन्त्र कहिले नबिर्सिनुहोस यो संसारमा कोइ पनि व्यक्ति गलत हुदैनन्  उनीहरुको सोचाई फरक हुन सक्छ र सबैको एकै किसिमको सोच हुन पनि त सकदैन नि ! त्यसैले आफ्नो कार्यमा फोकस हुनुहोस l अनि बल्ल जीवनमा धेरै कुराको अनुभव गर्न पाउनु हुनेछ l  तपाइको क्षेमता अभिवृदी  हुनेछ र खुसीको कारण बन्न सक्ने छ l  सबैको जय होस् !


 

No comments:

Post a Comment