वायु प्रदूषण भनेको वायुमण्डलमा हानिकारक पदार्थहरू (रासायनिक, भौतिक वा जैविक) को उपस्थिति हुनु हो, जुन मानव स्वास्थ्य, जीवित प्राणीहरू र वातावरणमा नकारात्मक प्रभाव पार्दछ। यी प्रदूषकहरू ग्यास (जस्तै कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड्स, ओजोन, मिथेन), कणिका पदार्थ (जस्तै धुवाँ), जैविक अणु र अन्य खतरनाक पदार्थहरू हुन सक्छन्। वायु प्रदूषण प्राकृतिक स्रोतहरू (जस्तै जंगली आगो) वा मानव गतिविधिहरू (जस्तै वाहन उत्सर्जन, औद्योगिक प्रक्रियाहरू र घरेलु जलन) बाट उत्पन्न हुन सक्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वको ९९% जनसंख्या सुरक्षित प्रदूषण स्तर भन्दा बढी प्रदूषित वायु साँस लिन्छन्। उत्सर्जन घटाउने उद्देश्यले गरिएका प्रभावकारी नीति, जस्तै स्वच्छ ऊर्जा कार्यक्रमहरू, वायु प्रदूषण कम गर्नुका साथै जलवायु परिवर्तनलाई सम्बोधन गर्न सक्दछन ।
वायु गुणस्तर सूचकांक भनेको के हो ?
वायु गुणस्तर सूचकांक (AQI) एक औजार हो जसले वायु प्रदूषणको स्तर र त्यसका स्वास्थ्य सम्बन्धी संभावित प्रभावहरू बारे जनमानसलाई जानकारी दिन्छ।
वायु गुणस्तर सूचकांक (AQI) पाँच प्रमुख वायु प्रदूषकहरूमा केन्द्रित छ:
-भूमि स्तरको ओजोन
-कणिका प्रदूषण (PM2.5 र PM10)
-कार्बन मोनोअक्साइड
-सल्फर डाइअक्साइड
-नाइट्रोजन डाइअक्साइड
AQI को महत्त्व: वायु गुणस्तर सूचकांक (AQI) व्यक्तिहरूलाई खराब वायु गुणस्तरको समयमा आफ्नो स्वास्थ्य सुरक्षा गर्न सल्लाह दिन्छ। यसले संवेदनशील समूहहरू, जस्तै कि बालबालिका, वृद्धहरू र श्वसन सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई, वायु गुणस्तर खराब हुँदा बाहिरका गतिविधिहरू सीमित गर्न सुझाव दिन्छ।
वायु प्रदूषण हुँदा मानिसहरुले के गर्ने र के नगर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यहाँ केही सुझावहरू छन्:
गर्ने कुराहरू:
-वायु प्रदूषणको स्तर जाँच्नु: वायु गुणस्तर सूचकांक (AQI) जाँचेर वायु प्रदूषणको स्तर जान्नु।
-मास्क प्रयोग गर्नु: वायु प्रदूषणको स्तर उच्च हुँदा मास्क लगाउनु, विशेष गरी N95 मास्क।
-घरभित्र बस्नु : वायु प्रदूषणको स्तर उच्च हुँदा घरभित्र बस्नु।
-स्वच्छ वायु प्रदान गर्ने उपकरण प्रयोग गर्नु: इन्डोर एयर प्युरिफायर प्रयोग गर्नु।
-सामुदायिक जागरूकता बढाउनु: वायु प्रदूषणका प्रभावहरू बारे जानकारी दिने कार्यक्रमहरू सञ्चालन गर्नु।
नगर्ने कुराहरू:
-प्लास्टिक र अन्य फोहोर नजलाउनु l खुल्ला स्थानमा प्लास्टिक र अन्य फोहोर जलाउनु हुँदैन।
-पुराना वाहन प्रयोग नगर्नु: पुराना वाहनहरू जुन धुवाँ फाल्छन्, तिनीहरूको प्रयोग कम गर्नु पर्छ ।
-वृक्षारोपण कम नगर्नु, वृक्षारोपण बढाउनु पर्छ ।
-अनावश्यक हिडडुल नगर्नु ।
यी कुराहरू पालना गरेर वायु प्रदूषणका नकारात्मक प्रभावहरूबाट बच्न सकिन्छ।
वायु प्रदूषण विश्वभरि एक महत्त्वपूर्ण पर्यावरणीय र सार्वजनिक स्वास्थ्य चुनौती बनेको छ। यो विभिन्न स्रोतहरूबाट हुन्छ, जस्तै औद्योगिक उत्सर्जन, परिवहन, घरेलु जलन, कृषि, जुन हानिकारक प्रदूषकहरू जस्तै कणिका पदार्थ (PM2.5 र PM10), कार्बन मोनोअक्साइड, नाइट्रोजन अक्साइड्स, सल्फर डाइअक्साइड, र अस्थिर कार्बनिक यौगिकहरू निस्कन्छन्। यी प्रदूषकहरू न केवल वायु गुणस्तरलाई खराब गर्छन्, तर मानव स्वास्थ्य र पारिस्थितिक तंत्रहरूमा पनि गम्भीर प्रभाव पार्दछन्।
पर्यावरणीय प्रभाव वायु प्रदूषण जलवायु परिवर्तनमा योगदान प्रदान गर्छ, जसमा ग्रीनहाउस ग्यासहरू (जस्तै CO2, मिथेन, कालो कार्बन) को उत्सर्जन हुन्छ, जुन विश्व तापमान बढाउँछ र पारिस्थितिक तंत्रलाई अस्थिर गर्छ। कालो कार्बन र ओजोन जस्ता प्रदूषकहरू मौसम पद्दतिलाई प्रभावित गर्छन् र कृषि उत्पादन कम गर्छन्, जुन खाद्य सुरक्षाको लागि खतरा हो।
वायु प्रदूषणको संपर्कमा आउने कारण श्वसन रोग, हृदय सम्बन्धी समस्या, स्ट्रोक, फोक्सोको क्यान्सर, र न्यूरोलोजिकल विकार जस्तै डिमेन्सिया जस्ता जोखिम बढ्छ।
बच्चा, वृद्ध, र द्रिघा रोगी भएका व्यक्तिहरू जस्ता संवेदनशील समूहहरू उच्च जोखिममा हुन्छन्।
वायु प्रदूषण प्रभावकारी ढंगमा कम गर्न सरकारहरूले औद्योगिक उत्सर्जनमा कडा नियम लागू गरी स्वच्छ परिवहन प्रणालीलाई प्रोत्साहित गर्नु पर्दछ । त्यस्तै गरी समुदायहरूलाई वायु प्रदूषणका जोखिमहरू बारे शिक्षित गर्नु र व्यवहार परिवर्तनमा प्रोत्साहित गर्नु पर्दछ ।
आजको दिनमा वायु प्रदूषण कम गर्नु साथै सार्वजनिक स्वास्थ्य सुधार गर्न जति महत्त्वपूर्ण छ, त्यति नै जलवायु परिवर्तनको प्रभाव कम गर्न पनि आवश्यक छ।
धन्यवाद