आधारभूत स्वास्थ्य सेवा अन्तर्गत सरकारले ९८ प्रकारका औषधि तथा १८ प्रकारका औषधिजन्य सामग्री निशुल्क उपलब्ध गर्नु पर्दछ l
आधारभूत स्वास्थ्य सेवा भन्नाले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३ को उपदफा ४ बमोजिम आम नागरिकको स्वास्थ्य अवश्यकता पूर्तिका लागी राज्यबाट सुलभ रुपमा निशुल्क उपलब्ध हुने प्रबर्दनात्मक, प्रतिकारात्मक, निदानात्मक, उपचारात्मक र पुर्नास्थापनात्मक सेवा सम्झनु पर्दछ l
नेपालको संविधानको धारा ३५ को उपधारा १ मा स्वास्थ्य सम्बन्धि हक प्रत्यक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन भनि उल्लेख रहेको छ l त्यसै गरी जनस्वास्थ्य सेवा नियमावली २०७७ को परिच्छेद-२ को नियम ३ मा आधारभूत स्वास्थ्य सेवामा प्रत्यक नागरिकलाई ऐनको दफा ३ को उपदफा ४ बमोजिमका शिर्षक अन्तर्गतका अनुसूची -१ मा उल्लेख भए बमोजिमका आधारभूत स्वास्थ्य सेवाहरु केन्द्र तथा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका तोकिएको स्वास्थ्य संस्थाहरुबाट निशुल्क रुपमा प्रदान गरिनेछ भनि उल्लेख रहेको छ l यी सबै संविधानको धारा, जनस्वास्थ्य ऐन, नियमावलीलाई टेकेर सरकारले देशभरका सरकारी स्वास्थ्य संस्थाहरुबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्रदान गर्ने र उपचारमा एकरुपता ल्याउन आधारभूत स्वास्थ्य सेवाको उपचार प्रोटोकल २०७८ सालमा जारी गरेको हो l यसै आधारभूत स्वास्थ्य सेवमा आधारित स्तरिय उपचार पद्दति अनुसार अब नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवा संस्थाहरुबाट ९८ प्रकारका औषधि तथा १८ प्रकारका औषधिजन्य सामग्री निशुल्क प्रदान गर्नु पर्दछ l
हालका लागि स्थानीय सरकार अन्तर्गतका स्वास्थ्य संस्थाहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने संस्था भनि नामकरण गरिएपनि अहिलेको अवस्थामा आधारभूत स्वास्थ्य सेवा केन्द्र भन्नाले स्वास्थ्य चौकी र प्राथमिक उपचार केन्द्रहरुलाई (५/१०/१५ बेड ) आधारभूत अस्पताल मान्नु पर्दछ l नेपाल सरकारले प्रदान गर्ने भनिएको ९८ + १८ प्रकारका औषधि तथा औषधिजन्य सामग्री आधारभूत अस्पताल / प्राथमिक उपचार केन्द्रबाट अनिवार्य उपलब्ध हुनु पर्दछ भने स्वास्थ्य चौकी / आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुबाट भने ८८ प्रकारका औषधि र १८ प्रकारका औषधिजन्य सामग्री निशुल्क प्रदान गर्नु पर्दछ l ९८+१८ मध्य स्वास्थ्य चौकी / आधारभूत स्वास्थ्य सेवा केन्द्रमा उपलब्ध नहुने १० प्रकारका औषधिहरु निम्न बमोजिम रहेका छन् l
·
Artesunate
·
Benzathine benzyl penicillin
·
Cefexime
·
Ceftriaxone
·
Dexamethasone
·
Hydrocortisone
·
Lignocaine with adrenaline 1:10,000
·
Methyldopa
·
Phenobarbital
·
Sodium valproate
संबिधानमा उल्लेख भए अनुसार प्रत्यक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउन सरकारले यो नयाँ प्रोटोकल बनाएको हो l यस स्तरिय उपचार पद्दति पुस्तकमा जनस्वास्थ्य सेवा नियमावली २०७७ अनुसार आधारभूत स्वास्थ्य सेवा अन्तर्गत प्रदान गरिने ९ ओटा सेवा क्षेत्रहरुको सुची अनुसार उपचार पद्दति सहित तयार गरिएको छ भने निशुल्क उपलब्ध हुने औषधिहरुको सुची समेत छ l त्यसका साथसाथै प्रोटोकलमा आधारभूत अस्पताल र केन्द्रमा हुनु पर्ने सर्जिकल सामग्रीहरुको सुची पनि छ l
नेपाल सरकारले यस्ता औषधि तथा औषधिजन्य सामग्री खरिदका लागि तीन सरकारलाई जिम्मेवारी प्रदान गर्ने गरी बर्गिकरण गरेको छ l ओरल ट्याब्लेट औषधिहरु जुन सजिलैसंग स्थानीय बजारमा उपलब्ध हुन्छन र बढी भन्दा बढी खपत हुन्छ त्यस्ता औषधिहरु खरिदका लागि स्थानीय सरकारलाई जिम्मा दिएको छ भने अलि कम खपत हुने तथा केहि इन्जेकटेवल औषधिहरु प्रदेशसरकारलाई जिम्मेवारी दिएको छ l त्यसैगरी संवेदनशील तथा स्थानीय बजारमा सजिलै उपलब्ध नहुने इन्जेकटेवल र भ्याक्सिनहरु खरिद गर्ने र वितरण गर्ने गरी संघिय सरकारको जिम्मेवारी हुने गरी बर्गिकरण गरियको छ l
यस अघिको नियम अनुसार सरकारले (प्रसुति सेवा दिने) स्वास्थ्य चौकीबाट ३५, प्राथमिक उपचारकेन्द्रबाट ५८ र जिल्ला अस्पतालहरुबाट ७० नै प्रकारका औषधि निशुल्क दिदै आएको थियो भने अब आधारभूत स्वास्थ्य सेवा अन्तर्गत ९८+१८ औषधि तथा औषधिजन्य सामग्री स्वास्थ्य संस्थाहरुबाट २४ घण्टा निशुल्क उपलब्ध हुनु पर्ने छ l यदी नभएको खण्डमा जनस्वास्थ्य सेवा ऐन र नियमावली अनुसार स्वास्थ्य संस्थालाई कारबाही हुने व्यवस्था समेत रहेको छ l
आधारभूत स्वास्थ्य सेवाका लागी उपलब्ध हुने निशुल्क औषधि तथा औषधिजन्य सामग्रीहरुको सूची त्यसैगरी औषधि उपलब्ध हुनु पर्ने स्वास्थ्य संस्थाहरु र खरिद तथा वितरणका लागि जिम्मेवार निकाय सम्बन्धि जानकारी तल सुची सहित उल्लेख गरिएको छ l
No comments:
Post a Comment